प्रदेश

भिजिट भिसाका बारेमा सार्वजनिक लेखा समितिमा छलफल चलाउन माग

भिजिट भिसाका बारेमा सार्वजनिक लेखा समितिमा छलफल चलाउन माग

काठमाडौं । सार्वजनिक लेखा समितिमा भिजिट भिसाबाट लाखौँ युवाहरु लुटिएको भन्दै यसबारे छलफल चलाउन सांसद्हरुले माग गरेका छन् ।

आजको समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद अमललाल मोदीले भिजिट भिसाका कारण धेरै नेपाली ठगीको र गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेकाले यसबारे समितिमा छलफल गर्न माग गरेका हुन् । उनले गृहमन्त्री लेखकले छानविनका लागि मार्गप्रशस्त गर्दै राजीनामा समेत दिनुपर्ने बताए । मोदीले गृहमन्त्री लेखकलाई मार्गप्रशस्त गरेर छानविनका लागि तयार हुन आग्रह गरे । 

संसद अवरुद्ध भइरहेकाले भिजिट भिसाकाबारे गृहमन्त्रीलाई डाकेर समितिले गहन छलफल गर्नुपर्ने उनको भनाई छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *