काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काममा लागेको आरोप लगाएका छन् ।
एमाले संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका ह्न् । प्रधानमन्त्री ओलीले मंगलवार संसद सञ्चालन गरौँ भनेर अध्यक्ष दाहालसँग सम्पर्क गर्न खोजे पनि दाहाल भागिरहेका बताए । ओलीले थाहा हुँदा हुँदै पनि अध्यक्ष दाहाल सम्पर्कबाट तर्किरहेको जिकिर गरे । प्रतिपक्ष दलहरु संसद अवरुद्ध गर्ने मनोभावमै रहेको बताउँदै यस्ता नचाहिने कुरामा संसदको कारबाही रोक्न नहुने पनि ओलीले बताए ।
ओलीले विकासको गतिलाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको दाबी गरे । अध्यक्ष ओलीले यस्ता नचाहिने कामहरु रोक्न जरुरी रहेको बताए ।