समाज

म्याग्दीको पुलाश्रम पर्यटकको पर्खाइमा

म्याग्दीको पुलाश्रम पर्यटकको पर्खाइमा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम पर्यटकको पर्खाइमा छ । 

हिन्दु धर्मग्रन्थ रामायणका पात्र पुलत्स्य, पुलह ऋषिले तपस्या गरेको र रावणको जन्म भएको मानिने पुलाश्रमको धार्मिक र पर्यटकीय सम्भावना छ । 

पुलाश्रमको फेदीमा रहेको बेनी बजार भएर वार्षिक सात लाख भन्दा बढी स्वदेशी तथा विदेशी भक्तजन र पर्यटकहरु बेनी–जोमसोम सडक मार्फत हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ आवत जावत गर्छन् । बेनी देखि करिब नौ किलोमिटर उत्तरतर्फ अवस्थित पुलाश्रम सधै सुनसान छ । 

धार्मिक महत्वको प्रचारप्रसार र प्राकृतिक सौन्दर्यको बिशेषता प्रचारप्रसारको कमी तथा सहज सडक यातायतको सुविधा नहुँदा पुलाश्रम ओझेलमा परेको हो । रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । 

समुन्द्रि सतहदेखि एक हजार सात सय मिटर उचाईमा रहेको पुलाश्रमलाई स्थानीयबासीहरुले पछै पनि भन्ने गर्छन् । यहाँबाट अन्नपूर्ण, धौलागिरि हिमाल, म्याग्दी, पर्वत र बागलुङको ग्रामिण बस्ति अवलोकन गर्न सकिन्छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *