Siddarth bankविज्ञापन
गसिप

कान्ति लोकपथमा पाँच दिनसम्म सवारी आवागमन बन्द

कान्ति लोकपथमा पाँच दिनसम्म सवारी आवागमन बन्द

काठमाडौ। ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथमा पाँच दिनसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको छ । निरन्तरको वर्षा र सडकमा बढ्दो जोखिमका कारण असोज १७ गतेदेखि २१ गतेसम्म ठूला सवारी साधन पूर्णरूपमा बन्द हुने भएका छन् । प्रशासनले जारी गरेको सूचनाअनुसार, साना सवारी साधन भने बिहान ६ बजेदेखि दिउँसो ११ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । मकवानपुरतर्फबाट ललितपुर प्रवेश गर्ने सवारी साधन बागमती गाउँपालिकाको बायपु मार्ग हुँदै र ललितपुरतर्फबाट मकवानपुर जाने सवारी साधन टिकाभैरव मार्ग हुँदै तोकिएको समयमा मात्रै सञ्चालन गर्न अनुमति दिइएको छ । यात्रुको सुरक्षा प्राथमिकतामा रहेकाले प्रशासनले तोकिएको समय बाहेक यात्रा नगर्न आग्रह गरेको छ।