महोत्तरी । महोत्तरीको बर्दिवास १० खयरमारा स्थित स्कूल चोकमा यात्रुवाहक बस दुर्घटना हुँदा दुइ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २० जना भन्दी बढी बसमा सवार यात्रुहरु घाइते भएका छन । घारीबथानबाट खैरमारा हुदै काठमाडौ जान लागेको ना ६ ख १४६४ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना हँुदा ७० वर्षिय चुुल्हाइ चौधरी र इश्वरपुर नगरपालिका १२ का १३ वर्षिय प्रविण कुमार खड्काको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइते भएकाहरु मध्ये केहिको अवस्था गम्भिर रहेकोे छ । दुर्घटना लगतै स्थानीयले घाइतेहरुलाई उद्धार गरी अस्पताल तर्फ पठाएकोले घाइतेहरुको अवस्था र संख्या एकिन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोतरी बर्दिबासका प्रहरी निरीक्षक लक्ष्मिराज जोशीले बताए । खैयरमारा स्कुल अगाडी पैदल यात्रु चुल्हाइ चौधरीलाई बचाउन खोज्दा बस अनियन्त्रित भएर दुर्घटना भएको जोशीले बताए ।।