मुख्य समाचार

नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरीमा

नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरीमा

काठमाडौं । नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । 

दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन । खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेनन् । 

अब दुई टोलीबीच मंगलबार दोस्रो मैत्रीपूर्ण खेल हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउटरु हुनेछ । 

एन्फाले दुई खेलपछि समग्ररु नतिजाका आधारमा विजेता घोषणा गरी ट्रफी प्रदान गर्ने जनाएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *