काठमाडौ । पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्ज स्थित गोकर्णेश्वर नगरपालिका–१ मा रहेको मानव निर्मित विशाल धाप ड्याम ताल पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दै गएको छ । बर्खाको समयमा पानी जम्मा गरेर हिउँदमा बाग्मती नदीमा बगाउने उद्देश्यले ड्याम निर्माण गरिएको भए पनि काठमाडौँबाट नजिकै रहेको मनमोहन ताल पर्यटकको रोजाइमा पर्ने गरेको हो । ड्याम करिब १३ हेक्टरमा फैलिएको छ । ड्याम अवलोकन गर्न आउने पर्यटकहरूले तालको ७५ प्रतिशत भाग देखिनुका साथै सिजन अनुसार विभिन्न हिमशृङ्खलाहरू र निकुञ्ज भित्रका अन्य प्राकृतिक दृश्यहरूको समेत अवलोकन गर्न सक्नेछन् ।