काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १०० रुपैयाँले घटेर १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला २३ सय ०५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।