समाज

चितवनमा गैँडा मृत फेला

चितवनमा गैँडा मृत फेला

चितवन । चितवनको माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर २० वर्षको एउटा भाले गैँडा मृत फेला परेको छ । 

चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान साँढे ९ बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो । 

गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै निकुञ्जले कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान शुरु गरिएको जनाइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *