मुख्य समाचार

गाजा युद्धविराम वार्ताको कुनै अर्थ छैन : हमास

गाजा युद्धविराम वार्ताको कुनै अर्थ छैन : हमास

एजेन्सी । प्यालेस्टिनी समूह हमासले गाजा युद्धविराम वार्ताको कुनै अर्थ नभएको बताएको छ । 

इजरायलले गाजा क्षेत्रमा स्थल आक्रमण विस्तार गर्ने र उक्त क्षेत्र कब्जा गर्ने योजना बनाएसँगै हमासले वार्ताको औचित्य नभएको बताएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हमासका वरिष्ठ अधिकारी बासेम नैमले गाजामा नयाँ युद्धविराम र बन्धक रिहाइ सम्झौतामा थप वार्ता गर्नुको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका हुन् । इजरायलले आफ्नो भोकमरी युद्ध जारी राखेसम्म प्यालेस्टिनी सशस्त्र समूहले नयाँ प्रस्तावमा संलग्न नहुने उनको भनाइ छ । 

इजरायलले हमासको नियन्त्रणमा रहेका बन्धकको रिहाइका लागि आक्रमण विस्तार गर्ने योजना अघि सारेको छ । इजरायली योजनाको बेलायत, फ्रान्स र संयुक्त राष्ट्रसंघले आलोचना गरेको समाचारमा उल्लेख छ । 

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले इजरायली योजना प्रति चिन्ता व्यक्त गर्दै ‘यसले अनगिन्ती नागरिकको मृत्यु र गाजाको थप विनाश निम्त्याउन’ बताएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *