Siddarth bankविज्ञापन
शिक्षा

धुलिखेलमा एटमिक रिसर्च सेन्टर बनाउन शिक्षा मन्त्रालयको पहल

धुलिखेलमा एटमिक रिसर्च सेन्टर बनाउन शिक्षा मन्त्रालयको पहल

काठमाडौ । नेपाल सरकारले नेपालले रेडियोधर्मी पदार्थ उपयोग तथा नियमन ऐन, २०७७ पारित गरेको पनि लामो समय भइसकेको छ । सोही ऐन जारी भइसकेपछि  विज्ञान प्रविधि मन्त्रालयले एटमिक रिसर्च सेन्टर बनाउनका धुलिखेल ८ भाटापोखरीमा रहेको भाटापोखरीमा जग्गा प्राप्तिका लागि कार्य अगाडी बढाएको छ । खाद्यान्न र तरकारी समेत आयात गर्ने मुलुकमा यस्ता रिसर्च सेन्टर निर्माणले औषधि उपचारका लागि  मात्र नभई अन्य थुप्रै क्षेत्रमा समेत विभिन्न अध्ययन गर्ने थलो बन्नसक्ने सेन्टरका लागि  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रक्रिया अघि बढाएको हो । 
धुलिखेल नगरपालिकाले सेन्टरका लागि करिव ९२ रोपनी जग्गा दिने निर्णय गरिसकेको छ । केन्द्रले धुलिखेलको मात्र नभइ सिङ्गो राज्यलाई नै फाइदा हुने अपेक्षा गरिएको छ । 
क्यान्सर उपचारको लागि प्रविधि कम रहेको अवस्थामा नेपालमै उत्पादन गर्नुले देशलाई ठूलो योगदान हुने अपेक्षा गरिएको छ । योजना शुरु गर्नका लागि पनि न्युनतम ३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । सेन्टर निर्माणले क्यान्सर जस्ता बिरामीको उपचारको क्षेत्रमा राज्यले ठूलो फड्को मार्नेछ । आजसम्म न्युकिलियर मेडिसिनका लागि परनिर्भर रहेको राज्य आत्मनिर्भरसम्म बन्नेछ । नेपालमा हरेक साल हजारौँ मानिसले क्यान्सर लगायतका रोगबाट ज्यान गुमाउने गरेका छन् । राज्यको अर्बौं रकम नागरिकको उपचारका लागि हरेक वर्ष न्युकिलियर मेडिसिनका लागि राज्यले खर्च गर्दै आएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *