मुख्य समाचार

प्रतिनिधिसभा बैठकमा आजपनि नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठकमा आजपनि नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ । 

बैठकमा आज पनि के.पी. शर्मा ओली नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सि पल्टदेखि निरन्तर छलफल चलिरहेको हो ।

साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको ब्योहोरासमेत जानकारी गराइने छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *