समाज

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा प्रतिनिधिसभाको बैठक बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा प्रतिनिधिसभाको बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिष्कार गरेका हुन् । बैठकमा रास्वपा सांसद विराजभक्त श्रेष्ठ भिजिट भिसासँगै मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै छानबिन गर्न माग गरे ।  

राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले संसद् बैठक बहिष्कार गर्ने र बहिष्कार गर्ने दिनको भत्ता पनि नलिने बताए ।

दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् । दुई महिनादेखि दुबै दलले भिजिट भिसा प्रकरणको छानविन माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *