समाज

राष्ट्रिय कोदो दिवसको सन्दर्भमा कोदोका विभिन्न परिकार प्रदर्शनी

राष्ट्रिय कोदो दिवसको सन्दर्भमा कोदोका विभिन्न परिकार प्रदर्शनी

काठमाडौं । नेपाली खाना प्रर्वद्धन अभियानले राष्ट्रिय कोदो दिवस को सन्दर्भमा सिंहदरबारमा कोदोका विभिन्न परिकारहरूको प्रदर्शनी गरेको छ । 

सोमबार सिंहदरबारको केन्द्रीय क्यान्टिनमा आयोजित भोजनलिपि स्वादको पाँचौँ संस्करणमा कोदोबाट बनेका ढिँडो, सेलरोटी, खीर, ममः, मालपुवा, कुकिजलगायत १० वटा परिकार प्रस्तुत गरिएका हुन् ।

कार्यक्रमका संयोजक देवीप्रसाद सापकोटा र सेफ घनश्याम कँडेलले लोप हुँदै गइरहेको कोदोको उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

प्रदर्शनीमा उपस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कोदो उत्पादन बढाउनका लागि सरकारले किसानलाई प्रोत्साहनमूलक योजनाहरू ल्याउने बताए । विगतमा हेपिएको खाना भए पनि अहिले कोदो स्वास्थ्यवद्र्धक भएकोले सहरमा लोकप्रिय बनिरहेको कार्यक्रममा सहभागीको भनाइ छ । 

नेपाली खाना प्रवद्र्धन अभियान र भोजनलिपि स्वादको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई कोदाली भेन्चर्स प्रा.लि. र नवप्रभात डेरीले सहयोग गरेका थिए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *