समाज

भारत र पाकिस्तान युद्ध विराम गर्न सहमत भएका अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

भारत र पाकिस्तान युद्ध विराम गर्न सहमत भएका अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका दाबी गरेका छन् । 

शनिबार, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ’ट्रुथ सोशल’ मा भनेका छन् – “संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा लामो समयको वार्ता पछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्।”

यस्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको बताएका छन्। उनले भने, “भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा छलफल गर्न सहमत भएका छन्।”

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पनि ट्वीट गर्दै पाकिस्तान र भारत पूर्ण र तत्काल युद्धविराममा सहमत भएका बताएका छन् । त्यस्तै पाकिस्तानका अन्य अधिकारीले पनि भारत र पाकिस्तानबीच युद्ध बिराम गर्न सहमत भएको जनाएका छन्  ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *