समाज

सञ्चारमाथि सिडिओको अंकुश स्वीकार्य छैन : नेपाल पत्रकार महासंघ

सञ्चारमाथि सिडिओको अंकुश स्वीकार्य छैन : नेपाल  पत्रकार महासंघ

काठमाडौ ।  नेपाल पत्रकार महासंघले साउन १४ गते प्रमाणिकरण गरिएका केही ऐन संशोधनमार्फत अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरणको अधिकार प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई दिने प्रावधानप्रति  कडा विरोध जनाएको छ।

महासंघले आज सञ्चारमन्त्रीलाई भेटी सरोकारवालासँग छलफल नगरी एकतर्फी रूपमा संशोधन गरिएकोमा गम्भीर असन्तुष्टि जनाएको हो।

महासंघले सिडिओलाई यस्तो अधिकार दिनु प्रेस स्वतन्त्रताको विरोधमा रहेको बताउँदै उक्त व्यवस्थाविरुद्ध सशक्त रूपमा अघि बढ्ने चेतावनी दिएको छ।

नेपाल पत्रकार महासङ्गका बरिष्ठ उपाध्यक्ष दीपक आर्चाय र महासङ्गका सचिब रमेश खतिवडाले आज, संचार मन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेट गरि सरोकारवालासँग छलफल नगरी एकतर्फी रूपमा संशोधन गरिएकोमा महासंघले उक्त व्यवस्थाविरुद्ध सशक्त रूपमा अघि बढ्ने चेतावनी दिएका हुन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *