काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने बताएका छन् ।
सोमवार नेपाली कांग्रेस शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले यस्तो बताएका हुन् । मन्त्री पन्तले युवालाई विदेश पठाएर शिक्षा क्षेत्र अघि बढ्न नसक्ने बताए । अहिलेको शिक्षाको स्थितिलाई कसरी सम्बोधन गर्ने ? भन्नेबारे सोच्न जरुरी रहेको भन्दै बुद्धिजीविहरुलाई राजनीतिक दलहरुको चाकरी नगर्न मन्त्री पन्तले आग्रह गरे । पन्तले भिसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री आउने परिस्थिति निर्माण गर्न आग्रह गरे ।