काठमाडौ । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले २०८४ सम्ममा देश नयाँ र वैकल्पिक शक्तिहरुको हातमा जाने बताएका छन । पुराना दलहरुले आफूलाई समय अनुकुल परिवर्तन गर्न नसकेका कारण देश र जनताले नयाँ वैकक्पिक शक्ति खोजेको उनको भनाइ छ । आफूले शुरु गरेको वैकल्पिक शक्तिको अभियानले विभिन्न रुपमा विस्तारै आकार लिँदै गएको समेत पूर्व प्रधानमन्त्री भट्टराईले दाबी गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले बहुदलिय प्रणालीमा एउटा मात्रै वैकल्पिक र नयाँ दल भन्ने नहुने उल्लेख गरे । नेपालमा विभिन्न नाममा वैकल्पिक शक्तिहरुको उदय भइरहेको भन्दै उनले नयाँ र वैकल्पिक शक्तिहरुबीचको सहकार्य र मोर्चाबन्दीबाट २०८४ सम्म देशलाई विकल्प दिने दाबी गरे । न्युनतम आधार गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र भएका दलहरुको बीच वृहत मोर्चाबन्दी हुने अध्यक्ष भट्टराईको भनाइ छ । वैकल्पिक शक्तिहरुको मोर्चाबन्दीका लागि आफूले अभिभावकीय भुमिका निर्वाह गर्ने पनि उनले बताए ।