समाज

भोजपुरमा अविरल वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति

भोजपुरमा अविरल वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति

भोजपुर । अविरल वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । 

थन्काउने बेला भएको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् । मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ । 

भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको किसानको भनाइ छ । फौजी किरा, बाँदर, लगायत विभिन्न जंगली जनावरलेसमेत मकैबालीमा क्षति पर्‍याउदै आएको कृषकहरुको भनाइ छ ।

दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यमाशिला लगाएत जिल्लाको विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्‍याएको छ । भोजपुरमा धान पछिको दोश्रो प्रमुख खाद्य बालिको रुपमा मकै बालीलाई लिन गरिन्छ । 

हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । जिल्लाको नौ वटै स्थानीय तहमा मकै खेती हुने गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *