काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ ।
दाङ–सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरोले सवारी आवागमन रोकिएका हुन् । सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।
यात्रीलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।