मुख्य समाचार

यथास्थिति भत्काएर रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाँदै छौँ : अध्यक्ष दाहाल

यथास्थिति भत्काएर रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाँदै छौँ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)  का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताएका छन् । 

शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरु अघि बढिरहेको उल्लेख गरे । 

चुनौतिकाविरुद्ध लड्ने संकल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उनको जिकिर छ । 

अध्यक्ष दाहालले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुबिरुद्ध घेराबन्दी गर्ने, भ्रमहरु छर्ने काममा लागेको आरोप लगाए । उनले नेताहरुलाई देवत्वकरण गर्न नहुने पनि बताएका छन् । 

अध्यक्ष दाहालले समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने बताए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *