राजनीति

राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा र्फकन मिल्छ: विद्या भण्डारी

राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा र्फकन मिल्छ: विद्या भण्डारी

काठमाडौ । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति एउटा पद भएकाले पदावधी सकेपछि राजनीतिमा र्फकन मिल्ने बताएकी छिन । आज विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै पुर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति आवधिक हुने भएकाले अवधि सकिएपछि राजनीतिमा र्फकन मिल्ने बताएकी हुन।  गणतन्त्र र राजतन्त्रमा फरक–फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको पूर्व राष्ट्रपति भण्डारीको भनाइ छ । 
पूर्व राष्ट्रपति भण्डारीले आफु पार्टीसँगको आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गराउँदै एमालेकै नीति–कार्यक्रमअनुसार अघि बढ्ने स्पष्ट पारिन ।  एमालेले आफुलाई स्वीकार नगरे पनि आफु एमाले नै भएको उनको भनाइ छ ।  भण्डारीले आफुले राष्ट्रपतिको पदावधि सक्किएपछि पार्टीको सदस्यता नविकरण गरेको र अहिले एउटा संगठित सदस्यको हैसियतले काम गरिरहेको जिकिर समेत गरिन । एमालेले गरेको सदस्यता नवीकरण खारेजसम्बन्धी निर्णयबारे गरिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नआएको समेत उनको प्रस्टोक्ति थियो । पुर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किएपछि संविधानको औचित्य सकिएन भन्ने प्रश्नमा पुर्व राष्ट्रपति भण्डारीले यस्तो विषयमा संविधानविद्हरुले जवाफ दिने समेत उनको भनाइ छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *