नेपाली सेनाले जेनजीको आन्दोलन क्रममा लुटिएका र हराएका हात हतियार, गोलीगट्ठा र सुरक्षा सामग्री तत्काल नजिकका सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै बुझाउन अटेरी गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।
त्यस्ता हात हतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुन सक्ने भएकाले त्यस सम्बन्धी सूचना प्राप्त गर्ने व्यक्तिहरूलाई सुरक्षा निकायमा जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्न सेनाले अनुरोध गरेको छ । सेनाले अहिलेको संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरूको अनाधिकृत प्रयोग नगर्न समेत आग्रह गरेको छ ।