समाज

अनशनरत् शिक्षकलाई कार्यक्षेत्रमा फर्किन कमलामाई नगर प्रमुखको आग्रह

अनशनरत् शिक्षकलाई कार्यक्षेत्रमा फर्किन कमलामाई नगर प्रमुखको आग्रह

काठमाडौ। कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोख्रेलले शिक्षक शंकर प्रसाद ढकाल र विष्णु प्रसाद फुयाँललाई तोकिएको विद्यालयमा हाजिर हुन आग्रह गरेका छन्। सरुवा अस्वीकार गर्दै आमरण अनशनमा बसेका शिक्षकद्धोय ढकाल र फुयाँललाई तोकिएको विद्यालयमा हाजिर हुन प्रमुख पोख्रेलले आग्रह गरेका हुन् ।

पोख्रेलले शिक्षक सरुवा नियमित प्रक्रिया भएको स्पष्ट पार्दै शिक्षाको गुणस्तर सुधार र प्रणाली सुदृढीकरणका लागि निर्णय गरिएको बताए।

उनीहरूले लामो समयदेखि एउटै विद्यालयमा कार्यरत रहेको र सरुवासँग सम्बन्धित उजुरीसमेत अख्तियारमा परेको पृष्ठभूमिमा विवाद चर्किएको हो।

अधिकांश शिक्षकले सरुवा स्वीकार गरिसकेको बताउँदै पोख्रेलले अस्वीकार गरे कारबाही हुने चेतावनी दिएका छन्।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *