राजनीति

छिटै राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

छिटै राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिटै राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले राजनीतिक दलहरुले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन छिट्टै राजनीतिक दल खोल्न लागेको घोषणा गरेका हुन् । देशको अवस्था परिवर्तनका लागि राष्ट्रिय र स्वाभिमान सहितको पार्टी छिटै घोषणा हुने उनले जानकारी दिए ।  प्रसाईंले वर्तमान शासन प्रणाली अन्तर्गत नै राजनीतिक शक्ति निर्माणका लागि दल खोल्ने निर्णयमा पुगिएको जिकिर गरे । 

प्रसाईंले अब राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिकको रक्षाका केन्द्रीत हुने उल्लेख गरे ।। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *