प्रदेश

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्  । मन्त्री पौडेलका  अनुसार साइबर सुरक्षा जोखिम न्युनिकरण गर्न आवश्यक पूर्वाधार र जनशक्ति तयार गरिनेछ । साइबर सुरक्षा जोखिम आंकलन गरी त्रैमासिक रुपमा सुरक्षा एड्भाइजरी जारी गर्ने मन्त्री पौडेलले बताए  ।

सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गर्ने पनि पौडेलले बताए । हुलाक कार्यालयहरुलाई क्रमशः स्मार्ट हुलाकमा विकास गर्ने पनि पौडेलले बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *