समाज

मुस्लिम धर्मको प्रचारका लागि भन्दै हिडेका ६ जना बंगलादेशी  सप्तरीमा भेटिए

मुस्लिम धर्मको प्रचारका लागि भन्दै हिडेका ६ जना बंगलादेशी  सप्तरीमा  भेटिए

बैजनाथ यादव
सप्तरी । भारत पाकिस्तान बीच तनाव चलिरहेका बेला ६ जना बंगलादेशी नागरिक सप्तरीको एक मस्जिदमा भेटिएका छन् ।
 सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका –३ भारदह स्थित रहमानीया जामे मस्जिदमा उनीहरू भेटिएका हुन् । धर्म प्रचारको लागि भन्दै उनीहरू मोरङ, सुनसरी हुदै सप्तरी आइपुगेका हुन्।  ४ महिनाका लागि बंगलादेशको ढाकाबाट काठमाडौं हुदै उनीहरू सप्तरी आएका हुन्। 

अराइभल भिसामा आएका उनीहरूको भिसाको म्याद गत मार्चमा  सकिएपछि   बिराटनगर स्थित अध्यागमन कार्यालयबाट जुन २०२५ सम्मका लागि म्याद थप गरेको देखिन्छ । 

पछिल्लो समय तराई मधेसका जिल्लाहरूमा धर्मान्तर व्यापक रूपमा बढेको छ । जसलाई नियन्त्रण गर्न राज्य असफल देखिएको छ ।मस्जिदका सेक्रेटेरी सरिफ रहमानले बंगलादेशी जमाती धर्मगुरूहरू नियमित कार्यक्रम अनुसार नै यहाँ आएको बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *