समाज

झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु, ४ जना पक्राउ

झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु, ४ जना पक्राउ

झापा । झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु भएपछी घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मादक पदार्थ सेवन गरी आएका झापा गाउँपालिका १, लसुनाका ६० वर्षीय जतन सोरेनलाई रातभर रुखमा बाधिएर राखेपछि उनको मृत्यु भएको हो । 

घटनामा संलग्न भएको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिईएको हो । मादक पदार्थ सेवन गरी  छिमेकीको घर पुगेपछी उनलाई रुखमा बाँधेको अनुसन्धानबाट खुलेको छ ।  इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मृतकका छोरा अनतलाल सोरेन, महादेव टुडू, लुखिराम टुडू र लखिराम टुडू रहेका छन् । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *