समाज

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, प्रहरीद्वारा ४ राउन्ड हवाई फायर

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, प्रहरीद्वारा ४ राउन्ड हवाई फायर

धनुषा । धनुषाको विदेह नगरपालिका २ दुहवीको आँप बगैँचामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । 

भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा बुधबार राति झडप भएको हो ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा रहेको सुरक्षा फौजले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बलले चार राउन्ड हवाई फायर गरेको जनाएको छ । झडपका क्रममा स्थानीयले तस्करीको केही सामान लुकाएका छन् भने एउटा मोटरसाइकल र केही किराना सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *