काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय काममा बढी ध्यान केन्द्रित गर्न पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
सोमवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले यस्तो निर्देशन दिएका हुन् । ओलीले कर्मचारीहरुले सहयोग गर्छन् भनेर संसदीय गतिविधिलाई नछल्न आग्रह गरे । प्रधानमन्त्री ओलीले बजेटबारे सांसदहरुले राख्नुभएका धारणाहरु सुनेर सोही अनुसारको जवाफ दिन आग्रह गरे । ओलीले संसदीय छलफलमा सहभागी भइ संसदीय छलफललाई महत्व दिएर अघि बढ्न आग्रह गरे ।
अध्यक्ष ओलीले सांसदहरुको उपस्थिति संसदीय दलको बैठकमा कम रहेको भन्दै आपत्ति जनाउनु जनाए ।