समाज

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर १ जनाकाे मृत्यु

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर १ जनाकाे मृत्यु

काठमाडौं । झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
 
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मंगलबार राती मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । 

मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा चन्द्रमायाका छोरा २५ वर्षीय सुशीलले देखेपछि शव घरमा ल्याएका थिए । 

घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *