मुख्य समाचार

प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकमा सांसद महेशकुमार बर्तौलाले आज बिहान मकवानपुर जिल्लाको राक्सिराङमा भएको (सवारी साधन ) बोलेरो दुर्घटनामा १० जना घाइते भएकामा छ जनाको अवस्था चिन्ताजनक रहेकाले घाइतेको उपचारका लागि सरकारसँग माग गरेका छन् । 
  
सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा ‘कमिसन’का कारण ‘आइपिओ’ रोकिएको समाचार आएकाले यस विषयमा छानबिन गर्ने व्यवस्थाका लागि सरकारलाई ‘रुलिङ’ गर्न सभामुखसँग माग गरेका छन् । 
 
सांसद रोशन कार्कीले आइपिओ जारी गर्न पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको कुराको यथार्थ छानबिन गर्न माग गरेका छन् । बैठकमा सांसद योगेन्द्र मण्डलले गत चैत ५ गते भएको आगलागीका घटनामा साढे तीन वर्षकी बालिका जलेर मृत्यु भई परिवार अहिले पनि मदरसाको शरणमा रहेकाले यथोचित व्यवस्था गर्न गरेका छन् । 
  
सांसद ठाकुरप्रसाद गैरेले गैरआवासीय नेपाली सङ्घको कार्यकाल नसकिइ अर्को समिति बनेको समाचार आएकाले यसको वास्तविकता के हो भनी खोजी माग गरेका छन् । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *