समाज

युवामा जोश र होश दुवै चाहिन्छः खेलकुदमन्त्री चौधरी

युवामा जोश र होश दुवै चाहिन्छः खेलकुदमन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कानून, विधि र पद्धतिप्रति सचेत भइ काम गर्दा मात्रै युवाहरुको वर्तमान अपेक्षा पूरा हुने बताएका छन् ।

बुधवार ललितपुरमा आयोजित  नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा बोल्दै चौधरीले यस्तो बताएका हुन् । खेलकूद मन्त्री चौधरीले कानून, विधि र पद्धतिप्रति सचेत रही त्यसअनुसार व्यवहार गर्ने बानीको विकासले युवाको वर्तमानको अपेक्षा पूरा गर्न सकिने बताए। चौधरीले  युवामा जोश र होश दुवै हुनुपर्ने पनि बताए । मन्त्री चौधरीले आफ्नो कार्यक्षेत्र र जिम्मेवारीलाई कुशलतापूर्वक ग्रहण गर्नसके उपलब्धि हाँसिल हुने उल्लेख गरे । 

मन्त्री चौधरीले युवाहरुले नेतृत्व विकास गर्दै आत्मसम्मान, उद्यमशिलता, स्वआर्जन र स्टार्टअपमार्फत असल नागरिकको भुमिकामा आफूलाई उभ्याउन सक्नुपर्ने बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *