समाज

समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढेका छौं :  अध्यक्ष दाहाल

समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढेका छौं :  अध्यक्ष दाहाल

ललितपुर ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अगाडी बढिरहेको बताएका छन् । 

सोमवार ललितपुरमा भएको नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा बोल्दै दाहालले  यस्तो बताएका हुन् । दाहालले  विभिन्न उत्तारचढावका बीच आजको दिन सम्म आइपुगेको बताउँदै नेसपासँगको पार्टी एकता, समायोजन र एकीकरण जे भने पनि सार एउटै भएको उल्लेख गरे । अध्यक्ष दाहालले  गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीमा आफूहरू लागिरहेको जिकिर गरे ।

अध्यक्ष दाहालले २०६४ को निर्वाचनमा प्राप्त गरेको अभिमत जोगाउन नसक्दा पार्टी विभाजित भएको र त्यसले सर्वहारा वर्ग तथा श्रमजीवी जनतामाथि ठूलो क्षति भएको बताए । दाहालले  उक्त विभाजनले शहीद र बेपत्ता योद्धाहरूको सपना नराम्रोसँग तरङ्गित भएको धारणा राखे।

दाहालले संविधान घोषणा भइसकेपछि फेरि एकताको प्रक्रिया शुरु भएको र आफूहरू सबै त्यो प्रक्रियामा अगाडी बढिरहेका दाबी गरे । समाजवादी आन्दोलन अगाडी बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अगाडी बढ्दै जाने दाहालले  विश्वास व्यक्त गरे । 

अध्यक्ष दाहालले  नेसपासँगको समायोजन कम्युनिस्ट एकताको ठूलो शुरुवात भएको बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *