प्रविधि

काभ्रेपलाञ्चोकको बनेपामा ३ हजार कन्याहरूको पूजा

काभ्रेपलाञ्चोकको बनेपामा ३ हजार कन्याहरूको पूजा

काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपामा ३ हजार कन्याहरूको पूजा गरिएको छ। श्री कृष्ण जन्माष्टमीको अवसरमा बनेपाका नेवार समुदायले बेल विवाह नगरिएको बनेपाका कन्याहरूलाई बिहीबार पूजा गरेका हुन्।

बनेपाका नेवार समुदायले बेल विवाह नगरेका बनेपाका कन्याहरूलाई टिका, तेल, फूल, अक्षता, प्रसाद, दक्षिणा, मिष्ठान खानेकुराहरू चढाएर पूजा गर्ने गर्दछन्।

२००१ सालदेखि बनेपाका नेवार समुदायले कृष्ण जन्माष्टमीको दुई दिन अघि टिकट प्रणालीमा बनेपाका कन्याहरूलाई पुज्दै आएको बनेपा नेवाः कन्या पूजा समितिले जनाएको छ।

कन्याहरूलाई पूजा गर्दा कन्याहरू निरोगी हुने, सुखसम्पत्ति पाई खुसी हुने र कन्याहरूलाई दान दक्षिणा दिनेको पनि मनुष्य जीवन सफल हुनुका साथै मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *