समाज

विश्वव्यापी औसत तापक्रम सन् २०२९ सम्म उच्च बिन्दुमा पुग्ने प्रक्षेपण

विश्वव्यापी औसत तापक्रम सन् २०२९ सम्म उच्च बिन्दुमा पुग्ने प्रक्षेपण

एजेन्सी । संयुक्त राष्ट्रसंघले सन् २०२९ सम्म विश्वव्यापी औसत तापक्रम उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । 

राष्ट्रसंघले अबको चार वर्षमा विश्वको तापमान १ दशमलव ५ डिग्री सेल्सियस भन्दा माथि पुग्ने सम्भावना रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय मौसम र जलवायु एजेन्सीका अनुसार पूर्व औद्योगिक समयको तुलनामा विश्वव्यापी औसत तापक्रम १ दशमलव ५ डिग्रीले बढ्ने सम्भावना ७० प्रतिशत रहेको छ । जसका कारण हाम्रो अर्थब्यवस्था, दैनिक जीवन, र पृथ्वीमा बढ्दो नकारात्मक प्रभाव पर्नेछ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसअघि सन् २०२३ र २०२४ मा पनि विश्वव्यापी तापक्रम पूर्व आौद्योगिक समयको तुलनामा १ दशमलव ५ डिग्रीले बढिसकेको छ । तर त्यसलाई छोटो समयको वृद्धि मानिएकोमा अबको पाँच वर्ष पनि त्यही रूपमा बढेर समग्र औसतमा १ दशमलव ५ डिग्रीको विन्दु पार गर्न लागेको हो ।

हरितगृह ग्यास मुख्यतया जलवायु परिवर्तनका लागि जिम्मेवार रहेको पनि एजेन्सीले उल्लेख गरेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *