Siddarth bankविज्ञापन
मुख्य समाचार

महिला विश्वकपा सहभागी टिमहरु प्रतियोगिता स्थल पुग्ने क्रम सुरु

महिला विश्वकपा सहभागी टिमहरु प्रतियोगिता स्थल पुग्ने क्रम सुरु

फिफा महिला विश्वकप आउन एक साता बाँकी हुँदा सहभागी टिमहरु प्रतियोगिता स्थल पुग्ने क्रम सुरु भएको छ । नवौँ संस्करणको महिला विश्वकप आगामी साउन चार गतेदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुँदैछ ।साविक विजेता अमेरिका गएराति न्युजिल्याण्डको अकल्यान्ड पुगेको हो । न्युजिल्यान्ड जानु अघि विश्वकपको अन्तिम तयारी स्वरुप अमेरिकाले क्यार्लिफोनियामा वेल्ससँग मैत्रीपूर्ण खेल खेलेको थियो । खेलमा दुई शुन्य गोलको जित हात पारेसँगै उच्च मनोबल बनाएको अमेरिका लगातार तेस्रो उपाधि जित्ने लक्ष्यमा छ ।  फाइनल जिते अमेरिका महिला र पुरुष दुवै विश्वकपमा लगातार तीन पटक च्याम्पियन बन्ने पहिलो टोली बन्ने छ । अमेरिका समूह ‘ई’ मा छ । यो समूहमा भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल रहेका छन् । अमेरिकाले समूहको आफ्नो पहिलो खेल अकल्यान्डमा साउन ६ गते भियतनामसँग खेल्नेछ । पहिलो पटक महिला विश्वकप एकभन्दा बढी देशमा आयोजना हुन लागेको हो । यो विश्वकपमा ३२ टोली सहभागी हुँदैछन । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *