काठमाडौं । आसन्न दशैं पर्व नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडाच्यांग्रा मुस्ताङ झारिएको छ ।
जुम्ला र डोल्पाबाट भेडाच्यांग्रा पैदलै खेदाएर दुई हप्तापछि मुस्ताङको जोमसोम आईपुगेका ब्यापारीहरुले बताएका छन् । दशैं पर्व नजिकिंदै गर्दा आईतबारसम्म डोल्पाबाट ५÷६ हुल र जुम्लाबाट ३ हुल जति भेडाच्यांग्रा मुस्ताङको जोमसोम पुगेका हुन् । अरु व्यापारीहरुले पनि एक दुई दिन भित्रै सबै भेडाच्याङग्रा ल्याउने तयारी गरेका छन् ।
यसवर्ष जुम्लाबाट करिव पाँच हजार भेडच्याङग्रा मुस्ताङ भित्रिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुमान छ । यसवर्ष मुस्ताङबाट १२ हजार भेडाच्यांग्रा जिल्ला बाहिर बिक्री हुने अनुमान छ ।
दशैं लक्षित भेडाच्यांग्रा खरिद गर्न विगतका वर्षहरुमा म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा र तनहु लगायतका ब्यापारीहरु मुस्ताङ आउने गर्दछन ।
