काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक आन्दोलनको समयमा पठनपाठन अवरुद्ध हुँदा शिक्षण सिकाइमा पुगेको क्षति हिउँदे र वर्षे बिदाबाट पूर्ति गर्न अनुरोध गरेको छ ।
२९ दिनसम्म चलेको काठमाडौं केन्द्रित आन्दोलनका कारण मुलुकभरको शैक्षिक गतिविधि प्रभावित भएको थियो । आन्दोलनको समयमा भएको त्यस्तो क्षति पूर्ति गर्न आग्रह गर्दै महासंघले विज्ञप्ति निकालेर आग्रह गरेको हो ।
शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखि क्षतिको पूर्ति गर्न प्रधानाध्यापक तथा शिक्षक–कर्मचारीमा अनुरोध गरिएको छ ।