काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।
शनिबार बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् ।
मृत हात्ती वयस्क पोथी भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
हात्ती के कारणले मर्यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने बताइएको छ ।