समाज

सिरहामा नयाँ एम्बुलेन्स संचालन नै नगरी थन्काइयो

सिरहामा नयाँ एम्बुलेन्स संचालन नै नगरी थन्काइयो

सिरहा । सिरहाको नरहा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीबीचको टकरावका कारणले नयाँ खरिद गरिएको एम्बुलेन्स संचालन नै नगरी थन्काईएको छ ।

नेपाल रेडक्रस सोसाईटीको चोहर्वामा रहेको कार्यालय परिसरमा त्रिपालले छोपेर नयाँ एम्बुलेन्स राखिएको छ । बिरामीको सेवा प्रदान गर्ने उदेश्यले एम्बुलेन्स खरिद गरिए पनि गाउँपालिका र रेडक्रसवीच विवाद हुँदा ‘सञ्चालन’ आउन नसकेको हो । 

करिब चार वर्षदेखि चोहर्वा रेडक्रसको परिसरमा रहेको एम्बुलेन्स बिग्रिने र पार्टपुर्जाहरुमा खिया लाग्ने जोखिम बढ्दै गएको छ । नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवले एम्बुलेन्स गाउँपालिकाको सम्पत्ति भएकोले कुनै संघसंस्थालाई दिन नमिल्ने भन्दै गाउँपालिकाले नै आफ्नो मातहतको स्वास्थ्य शाखा मार्फत संचालनको तयारी गरिरहेको बताए । 

यता नेपाल रेडक्रस सोसाईटी सिरहाका सभापति राजदेव यादवले रेडक्रसले एम्बुलेन्स संचालन गर्ने सहमति अनुसार खरिद भएकोले गाउँपालिकाले अड्डी कस्न नहुने धारणा राखे ।  

दुवै पक्षले आआफ्नो दावी गरेको वर्षौ भए पनि अझैं निकास निस्कन नसक्दा एम्बुलेन्स सञ्चालनमा नै नआई बिग्रिन अवस्था पुगेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *