Siddarth bankविज्ञापन
मुख्य समाचार

मेटाविरुद्ध कानुनी कारबाहीमा जाने एलन मस्कको चेतावनी

मेटाविरुद्ध कानुनी कारबाहीमा जाने एलन मस्कको चेतावनी

एलन मस्कको कम्पनी ट्वीटरले मार्क जुकरबर्गको कम्पनी मेटाविरुद्ध कानुनी कारबाही गर्ने धम्की दिएको छ । मेटाले एक दिनअघि मात्रै ट्वीटरजस्तै नयाँ प्लेटफर्म थ्रेड सुरु गरे लगत्तै ट्विटरको धम्की सार्वजनिक भएको हो । थ्रेड्स नामक नयाँ सोशल मिडिया प्लेटफर्म एप सुरु भएको केही घण्टामै करोडौँले डाउनलोड गरेका छन् । मस्कले प्रतिस्पर्धा सही भएपनि धोका दिनु गलत भएको भन्दै ट्विट समेत गरेका छन । मस्कका वकिल एलेक्स स्पिरोले पनि मार्क जुकरबर्गलाई पत्र लेख्दै थ्रेड्सबारे आपत्ति जनाएका छन् । पत्रमा मेटा कम्पनीले ट्वीटरका पूर्व कर्मचारीहरूलाई काममा लिएको र उनीहरू ट्वीटरको गोप्य र महत्वपूर्ण जानकारी थाहा पाउने व्यक्तिहरू हुन् भन्ने आरोप लगाइएको छ । ट्वीटरले मेटालाई ट्वीटरसँग सम्बन्धित गोप्य र उच्च गोप्य सूचनाको प्रयोग तत्काल बन्द गर्न माग गरेको छ । मेटाका प्रवक्ता एन्डी स्टोनले भने थ्रेड्स इन्जिनियरिङ टोलीमा कोही पनि पूर्वट्वीटर कर्मचारी नरहेको दाबी गरेका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *