मुख्य समाचार

इरान र इजरायलबीचको युद्ध झनै चर्किदै

इरान र इजरायलबीचको युद्ध झनै चर्किदै

एजेन्सी । इरान र इजरायलबीचको युद्ध चर्किएको छ । इजरायलले इरानको खोन्डब न्युक्लियर रिएक्टरमा आक्रमण गरेको छ । 

त्यसभन्दा केही घण्टाअघि इजरायलले अराक न्युक्लियर रिएक्टरमा पनि आक्रमण गरेको थियो । दुवै प्लुटोनियम बनाउनका लागि प्रयोग हुने हेभी वाटर रिएक्टर हुन् । यता इरानले इजरायलको च्यानल १४ लाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मुखपत्र बताउँदै उक्त च्यानलको कार्यालयमा आक्रमण गर्ने धम्की दिएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सात दिनको लडाइँमा अहिलेसम्म इजरायलमा २४ जना मारिएका छन् ६ सय भन्दा बढी घाइते भएका छन् । यता इरानमा ६ सय ३९ जना मारिएका छन् भने १३ सय २० जनाभन्दा बढी घाइते भएका छन् । 

इजरायली सेनाले इजरायलतर्फ आउने क्षेप्यास्त्र नष्ट गर्ने गरिरहेको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *