काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री ९आदिवासी जनजातितर्फ० बहादुर सिंह लामा तामाङ विजयी भएका छन्। महाधिवेशनमा खसेको मतको आज बिहान परिणाम आएको हो। एक पदका लागि भएको निर्वाचनमा ५ जना उम्मेदवार थिए।
बहादुरसहित ओम बहादुर घर्ती मगर, तारामान गुरूङ, दिलमान पाख्रीन, प्रशान्त मान सिंह मास्के उम्मेदवार थिए। मतगणनाको सुरूदेखि नै बहादुर अघि थिए।
नेपाली कांग्रेसको सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणना जारी छ।
