Siddarth bankविज्ञापन
समाज

सत्तारुढ दलकै भेट्रान नेताहरु प्रि–बजेट छलफलमा सक्रिय नदेख्दा आश्चर्य लागेको छः एमाले सांसद थापा

सत्तारुढ दलकै भेट्रान नेताहरु प्रि–बजेट छलफलमा सक्रिय नदेख्दा आश्चर्य लागेको छः एमाले सांसद थापा

काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ दलकै अनुभवी नेताहरु सक्रिय नभएको बताएका छन् । 

बिहीवारको प्रतिनिधि सभाको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रि–बजेट छलफलमा सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेताहरु सक्रिय नहुँदा आश्चर्यमा परेको बताएका हुन् । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई लक्षित गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन् । 

 बजेट वक्तव्य जारी नहुँदै सत्तारुढ दलकै नेताले बजेट पुस्तक च्यात्ने धम्की दिनेकुरा पनि आश्चर्य भएको थापाको भनाइ छ । बुधवारको सभाको बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अगामी आर्थिक वर्षको बजेटमा आफ्नो जिल्लाको सडक निर्माणका लागि बजेट विनियोजन नगरिए बजेट पुस्तक च्यात्ने चेतावनी दिएका थिए ।

सांसद थापाले सत्तारुढ दलकै नेताहरुले प्रतिपक्षीको जस्तो व्यवहार गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *