समाज

अध्यादेश मार्फत निर्वाचन कानून संशोधन गरेर मतदाता नामावली अध्यावधिक गरिने

अध्यादेश मार्फत निर्वाचन कानून संशोधन गरेर मतदाता नामावली अध्यावधिक गरिने

काठमाडौं । सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर मतदाता नामावली अध्यावधिक गर्ने तयारी गरेको छ ।

बिहीबार गृह मन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचन कानून संशोधन गरेर युवाहरुलाई पनि मतदानको अवसर दिने गरि मतदाता नामावली अध्यावधिक गर्ने बिषयमा छलफल गरेका हुन् । 

गृह मन्त्री अर्यालले निर्वाचन सम्बन्धी कानूनमा देखिएका व्यवधानलाई अध्यादेशबाट संशोधन गरेर सबैलाई मतदानको अवसर प्रदान गर्न खोजिएको बताए । विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातीकतर्फ मतदानको व्यवस्था गर्न पाउने गरी आयोगसँगको समन्वयमा कानून बनाउने सहमति भएको उनले बताए । 

त्यस्तै, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विद्यमान कानूनबाट नयाँ मतदाता नामावली संकलन गर्न सक्ने अवस्था नरहेकाले कानूनमा बाधा व्यवधान हटाउन सके अध्यावधिक गर्न सकिने बताए । उनले सरकारले तोकेको समयमा निर्वाचन गर्न आयोग सक्षम र तयार रहेको उल्लेख गरे ।

 सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा बिघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति तय गरेको छ । निर्वाचनको मिति घोषणा भएपनि मतदाता नामावली संकलन बन्द गर्नुपर्ने कानूनी प्रावधान छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *