समाज

पर्वतको बनौमा ग्रामिण सडक स्तरोन्नति

पर्वतको बनौमा ग्रामिण सडक स्तरोन्नति

पर्वत । पर्वतको जलजला गाउँपालिका –९ बनौमा ग्रामिण सडक स्तरोन्नति भएको छ । 

संघीय सरकारले बिनियोजन गरेको २ करोड ५० लाख बजेटबाट आर्थिक वर्ष २०८१÷०८२ मा देउराली देखि ठुलाचौर–लिस्ने–कुशनथला खण्डमा सात सय ६० मिटर ढलान गरेर स्तरोन्नति गरिएको हो । अर्मादी–बनौ सडक कालोपत्र भएपछि समुन्द्रि सतहदेखि दुई हजार मिटर उचाईमा अवस्थित बनौमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । 
  
ग्रामिण सडक पुनस्थापना आयोजना मार्फत २०७८ सालमा मध्य पहाडी लोकमार्गमा पर्ने अर्मादी देखि पाङ हुदै बनौ जोड्ने १२ किलोमिटर पाँच सय मिटर सडक कालोपत्र भएको थियो । पर्यटकीय सम्भावनायुक्त बनौ गाउँमा चार सय ५० घरपरिवारको बसोबास छ । 

बनौको शिरमा रहेको पिकनिक स्पटदेखि पर्वत, बागलुङ र म्याग्दीको सदरमुकामका साथै तीन वटै जिल्लाको पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकीको दृष्य अवलोकन गर्न सकिन्छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *