मुख्य समाचार

गाजा युद्धविराम प्रस्तावमाथि अमेरिकाले लगायो भिटो

गाजा युद्धविराम प्रस्तावमाथि अमेरिकाले लगायो भिटो

एजेन्सी । अमेरिकाले गाजामा तत्काल र स्थायी युद्धविरामको माग गरिएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को एक प्रस्तावमा ‘भिटो’ प्रयोग गरेको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायलको पक्षमा उभिने निर्णय फेरि दोहोर्‍याएको हो । संयुक्त राष्ट्र सुरक्षा परिषद्का दश निर्वाचित सदस्यहरूले यो मस्यौदा प्रस्ताव पेस गरेका थिए । परिषदमा रहेका १५ सदस्यमध्ये अमेरिकाबाहेक सबै १४ सदस्यले प्रस्तावको समर्थन गरेका छन । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भिटोको अर्थ कुनै प्रस्ताव, कानून वा निर्णयलाई रोक्ने वा अस्वीकार गर्ने अधिकार हो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सबै पाँच स्थायी सदस्यहरूसँग भिटोको शक्ति छ । 

प्रस्तावमा गाजामा तत्काल, बिनासर्त र स्थायी युद्धविराम जसको सबै पक्षले सम्मान गर्नु, हमास र अन्य समूहहरूद्वारा राखिएका सबै बन्धकहरूको रिहाइ र मानवीय सहायतामाथि लगाइएका प्रतिबन्धहरू हटाउन आह्वान गरिएको थियो । 

छलफललमा मध्यपूर्वमा अमेरिकी उपविशेष दूत मोर्गन ओर्टागसले वाशिंगटनको ‘भिटो’को बचाउ गर्दै यो प्रस्तावमा अमेरिकाको विरोध कुनै आश्चर्यको कुरा नभएको बताएका छन् । प्रस्ताव हमासको निन्दा गर्न वा इजरायलको आत्मरक्षा गर्ने अधिकारलाई पहिचान गर्न असफल भएको र यसले हमासलाई फाइदा पु¥याउने झुटो कथालाई गलत तरिकाले वैधता दिने प्रयास भएको उनले टिप्पणी गरेका हुन् । 

अमेरिकाको यो भिटोमाथि प्यालेस्टिनी र अरब प्रतिनिधिहरूले कडा आलोचना गरेका छन् । प्यालेस्टिनी दूत रियाद मन्सूरले अमेरिकाको यो निर्णयले परिषद्को मौनता यसको विश्वसनीयता र अधिकारका लागि एउटा ठूलो मूल्य भएको देखाएको बताएका छन्् 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *