समाज

उपराष्ट्रपति यादव र भियतनामकी समकक्षी सुआनबीच भेटवार्ता

उपराष्ट्रपति यादव र भियतनामकी समकक्षी सुआनबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले समकक्षी रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । 

उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्वन्ध र सहकार्यका विविध विषयमा छलफल भएको जनाइएको छ । उनले आजै प्रधानमन्त्री केपी ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

उनी नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० आँै वार्षिकोत्सव समारोहमापनि सहभागी हुनेछिन । उपराष्ट्रपति यादवको औपचारिक निमन्त्रणामा उनी शनिबार नेपाल भ्रमणमा आएकी थिइन् । 

शनिवार नै उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेर दुई पक्षीय हितमा छलफल गरेकी थिइन् । उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले पाटन दरबार स्क्वायर, स्वयम्भूनाथ  लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *