समाज

पर्वतमा अबैध रुपमा संकलन गरिएको नदीजन्य सामान जफत

पर्वतमा अबैध रुपमा संकलन गरिएको नदीजन्य सामान जफत

पर्वत । पर्वतको कुस्मामा जिल्ला अनुगमन समितिले अबैध रुपमा संकलन गरिएको  नदीजन्य सामान जफत गरेको छ । 

जिल्ला समन्वय समिति पर्वतको अगुवाईमा कुश्मा नगरपालिका  विभिन्न स्थानमा उत्खनन गरेर लुकाइ राखिएको सामाग्री नियन्त्रणमा लिइएको हो ।

कुश्माका विभिन्न स्थानबाट ६ हजार ९ सय ८३  घनमिटर नदी जन्य समान ढुङ्ग, गिटी वालुवा जफत गरेर स्थानीय सरकारलाई राजस्व जरिवाना गराउन निर्देशन समितिले दिएको छ ।

जिल्ला समन्वय समितिले वर्षाद नदीका टेण्डर गर्न नपाईन अवैध चोरी निकासी भईरहेको गुनासा आएपछि अनुगमन गरेर राजस्वको दायरामा थालेको हो । 

अनुगमन टोलीले राजाको बगर, शहश्रधारा, मालढुङ्गा बगर, पोखरा वाग्लुङ्ग राजमार्ग कुश्मा ७ खरेयाबाट नदिजन्य सामाग्री जफत गरेको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *